काठमाडौं। बलिउडका विश्वविख्यात अभिनेता बलिउड अभिनेता सलमान खानले फुटपाथमा गीत गाउने एक महिलालाई ५५ लाखको घर उपहार दिएका छन्। फुटपाथमा गीत गाउदै चर्चामा आएकी रानू मण्डललाई सलमान खानले उक्त घर उपहार दिएका हुन्।

यतिमात्रै होइन रानूको आवाजबाट प्रभावित भएर सलमानले आफ्नो फिल्म दबंग ३ मा उनको स्वरमा एक गीत समेत रेकर्ड गराउने भएका छन्। रानूले रेल्वे स्टेशनमा गाउनु रहर नभइकन बाध्यता भएको भनेकी छन्।

फुटपाथमा रानूले गीत गाउंदै हिड्ेको सामाजिक सञ्जालमा भाइरल बनेपछि सलमान खानले उनलाई भेटेर उनको यथार्थता बुझेपछि घरै उपहार दिएको भारतीय समाचार माध्यमहरुले उल्लेख गरेका छन्।
प्रकाशन मिति–२०७६ साल भदौं १२ गते विहीवार ।