काठमाडौ। अघोषित रुपमा एकघण्टा बढी लोडसेडिङ्ग गर्दैआएको नेपाल विद्युत प्राधिकरणले आज सोमवारवाट घोषित रुपमा नै एकघण्टा लोडसेडिङ्ग बढाएको छ। नयाँ तालिका अनुसार सोमवारवाट अव हप्ताको ९१ घण्टा लोडसेडिङ्ग हुने भएको छ। यसअघि हप्ताको ८६ घन्टा लोडसेडिङ हुँदै आएको थियो । तर प्राधिकरणले घोषित समयभन्दा पनि दैनिक एक–ढेड घन्टा बढी लोडसेडिङ गर्दै आएको थियो। प्राधिकरणले निकालेको नयाँ तालिका अनुसार अब हरेक दिन १३ घण्टा बत्ती आउने छैन । नदीमा पानीको सतह घटेकाले विद्युत उत्पादन बढ्न नसकेको तथा विद्युतको माग बढेकाले लोडसेडिङको समय बढाउनुपरेको प्राधिकरणले जनाएको छ।

g]kfn ljB't k|flws/0f

प्रकाशित मिति–२०७२ साल माघ १८ गते सोमवार।