Petrol Motor Bike lineकाठमाडौ। तराई–मधेशमा फेरि आन्दोलन चर्किने हल्ला र मधेशी मोर्चाले काठमाडौ आउने तेलको नाकाबन्दी गर्ने आशंकामा गत तीनदिन यता काठमाडौमा फेरि तेलको अभाव जस्तो देखिन थालेको छ। काठमाडौका अधिकाँश पेट्रोल पम्प बन्द देखिनु र खोलेका कतिपय पम्पहरुमा पनि तेल थाप्नेहरुको भीड फेरि निक्कै बृद्धि हुन थालेको देखिएको छ।

नाकाबन्द हुने हो–हल्लाको कारण उपभोक्ताहरु फेरि तेलको संचय गर्नतिर लागेकोले अभाव देखिएको तर, बास्तवमा तेलको कुनै अभाव नभएको नेपाल आयल निगमको जिकिर रहेको छ। निगमका नायब प्रवन्धक सुशील भट्टराईका अनुसार होलीले गर्दा २ दिन र त्यसपछि शनिवार र आइतवार विदा पर्न गएकोले भारतीय आयल कर्पोरेशनले तेल उपलव्ध गराउन नसक्दा तेल आयातमा सामान्य असर पर्न गएको हो।

यसलाई आधार मानेर होहल्ला आउनु नाजायज भएको प्रवन्धक भट्टराईको टिप्पणी रहेको छ। निगमको भण्डारणवाट सामान्य अवस्थाभन्दा दोब्बर तेल वितरण गरिएको भट्टराईको दावी रहेको छ। भारतीय पक्षवाट हाल कुनैप्रकारको अवरोध नभएको र तेल आयातमा सहजता नै रहेको तथा बजारमा फैलिएको हल्ला अनावश्यक हल्लाले समस्या मात्र थपिएको भट्टराईले भनेका छन्।
प्रकाशन मिति–२०७२ साल चैत्र १६ गते मंगलवार ।