काठमाडौं। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ। पेट्रोल तथा डिजेल र मट्टितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बृद्धि गरेको हो।

मंगलवार राति १२ बजेदेखि अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ। हवाई ईन्धन (आन्तरिक उडानतर्फ)को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर ७४ रुपैयाँ कायम गरिएको छ।

एलपी ग्यास तथा हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान तर्फ)को खुद्रा बिक्री मूल्य यथावत नै कायम राखिएको छ। गत जेठ महिनायता नेपालमा यो सहित १४ पटक पेट्रोलियम पदार्थको मूल्य बढेको छ। जसको प्रत्यक्ष मार नेपाली जनतालाई परेको छ।
प्रकाशन मिति–२०७७ साल चैत्र ३ गते मंगलवार ।