काठमाडौं। नेपाली फिल्म खासै चल्न छाडेपछि नेपाली चलचित्रका नायक–नायिका निक्कै फुर्सदिला देखिएका छन्। यो फुर्सदको अवस्थामा नायक–नायिका विभिन्न फेसनेबल कार्यक्रमहरुमा जम्न थालेका छन्। जसमा नायिका निता ढुंगाना पनि परेकी छन्।

निता ढुंगाना पनि हिजोआज चलचित्रमा भन्दा विभिन्न फेसनेबल प्रोग्रामहरुमा कम्मर कसेर लागेकी छन्। पछिल्लो समय निता ढुंगानाले फरिया डिजाइनले आयोजना गरेको ईलिजेन्ट ब्राईडल फेयरु नामक फेशन–शो तथा फेयरमा आकर्षक ढंगवाट प्रस्तुत भएर सवैलाई तीनछक्कै पारेकी छन्।

काठमाडौंको जमलस्थित विश्वज्योति मलमा रहेको फरिया डिजाइनले आयोजना उक्त फेसन–शोजमा शोज–टपर बनेर चमत्कार गरेकी हुन्। फेशन–शो जमेर देखिन पाउंदा मज्जा लागेको भनाई पनि निता ढुंगानाको रहेको छ। कार्यक्रम ठमेलको छायाँ कम्पलेक्समा भएको थियो। फेशन–शोजमा दर्जनौ दर्जन मोडलहरुले विभिन्न पहिरनमा क्याटवाक गरेका थिए।

प्रकाशन मिति–२०७५ साल फागुन ९ गते विहीवार।