Nepalese Hot Actress Kshitiza Shakya with Indian Actor & Model Deepak Anand
Nepalese Hot Actress Kshitiza Shakya with Indian Actor & Model Deepak Anand

काठमाडौ। नेपालकी चर्चित नायिका एवम् मोडल तथा डिजाइनर क्षितिजा शाक्य यतिखेर अनलाइन फेसन डिजानिङ्गमा निक्कै व्यस्त बनेकी छन्। दर्जनौ चलचित्र तथा विभिन्न विज्ञापनको मोडलिङ्गवाट अफर आइरहेतापनि त्यस कार्यमा नायिका शाक्यले समय दिन सकेकी छैनन्।

Hello..Hello...This is Deepak Anand & Khsitiza Shakya in Happy mood.
Hello..Hello…This is Deepak Anand & Kshitiza Shakya in Happy mood.

अनलाइन फेसन डिजाइनको कामले आफू यतिखेर अत्यन्त व्यस्त बनेकोले चाहेर पनि चलचित्र तथा मोडलिङ्गमा समय दिन नसकेको भिजन संसारसंगको कुराकानीमा भनेकी छन्। केही दिनअघि मात्र विराटनगरमा भव्य तथा सभ्य रुपमा आयोजित मिस्टर कोशीमा जज बनेर कार्य गरेर काठमाडौ फर्केको लगतै भारतको मुम्वईवाट आएका हिन्दी फिल्मका हिरो तथा मोडल दीपक आनन्दसंग काठमाडौमा फोटोसुट पनि गरेकी छन्।

kshitiza-shakya-with-deepak-anandनायिका शाक्यले केही समयअघि मात्र दीपक आनन्दको फेसन डिजाइन गरेकी थिइन्। जसवाट निक्कै प्रभावित बनेर आनन्द नायिका शाक्यलाई भेट्न काठमाडौ आएका हुन्। सोही क्रममा बलिउड हिरो तथा मोडल आनन्दसँग भाटभटेनीको इनोभेटिभ इन्टरटेन्टमेन्टको स्टुडियोमा फोटोग्राफर विकास खतिवडाले फोटोसुट गरेका थिए।

नायिका शाक्य र दीपक आनन्दको फोटो निक्कै ग्लेमर्श रहेको छ। समयले साथ दिएमा चलचित्र तथा मोडलिङ्गमा पनि निरन्तरता दिने कोशिशमा लागेकी नायिका शाक्य हाल फेसन डिजाइनको कामवाटै फुर्सद नमिलेको स्वीकार्छिन्।
प्रकाशन मिति–२०७३ साल कात्तिक २२ गते सोमवार ।