काठमाडौ। नेपालका इन्टरनेशनल कोरियोग्राफर राज फैजुको रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी कंपनीको आयोजनामा फेसन युनाइटस् फेसन–शोको सेकेण्ड एडिसन भएको छ।

असार २९ गते शुक्रबार काठमाडौको त्रिपुरेश्वर स्थित ब्लु–स्टार होटलमा फेसन युनाइटस् फेसन–शोको सेकेण्ड एडिसन यंपु फेसन डिजाइनिङ इन्ष्टिच्यूटकी सानु बज्राचार्यको फेसन डिजाइन संयोजनमा भएको हो।

फेसन युनाइटस् २ मा २० जना व्यावसायिक नेपाली मोडलहरुले गजबको फेसन–शो भएको छ। रिता लिम्बु, निर्मला केसी, सुजिना तण्डुकार, पृथा मुलेपति घिमिरे, रोजी बज्राचार्य, आशिका श्रेष्ठ प्रजापति र यंपु फेसन डिजाइनिङ इन्ष्टिच्यूटकी फाउण्डर डिजाइनर सानु बज्राचार्यले तयार पारेका ढाका कपडाका फेसनेबल पहिरनको अलावा सिल्क, पार्टीवेयर, क्याजुयल, समर लगायतका मोहक विभिन्न डिजाइनका पहिरनमा मोडलहरुले व्यावसायिक मनमोहक क्याटवाकका साथमा फेशन–शो गरेका छन्।

त्यसमाथि, नेपाली चलचित्रकी चर्चित अभिनेत्री शुभेच्छा थापाले शोज–टपरको रुपमा बेग्लै पहिरनमा बेजोड फेसन–शो गर्ने कार्य भएको छ। जसवाट अभिनेत्री थापा निक्कै उत्साहित तथा हर्षित पनि बनेकी छन्। कार्यक्रमको संयोजन श्रीषा बैदार फैंजुले गरेकी हुन्। कोरियोग्राफी आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी कंपनीका फाउण्डर तथा इन्टरनेशनल कोरियोग्राफर राज फैंजुवाट भएको हो।

प्रकाशन मिति–२०७५ साल असार ३० गते शनिवार ।