काठमाडौं। रक्षा नेपालले आफ्नो देउसी भैलो कार्यक्रम अन्तर्गत फेसियल हाउसमा पुगी भैलो खेलेको छ। सुन्धारा स्थित काठमाडौं मलको चौथो तल्लामा संचालित फेसियल हाउस प्रांगणमा रक्षा नेपालमा आश्रित युवती तथा बालिकाको समूहले आइतबार देउसी–भैली खेलेको हो।

सो अवसरमा भैलेनीहरुले नेपाली परम्परा तथा मौलिक गीतमा नृत्य गर्नुको अलावा भैलीनीहरुव्दारा आशीर्वाद दिएका थिए। रक्षा नेपालको उक्त आकर्षक प्रस्तुतिमा बीग बिजनेश वुमन तथा फेसियल हाउसकी प्रबन्ध संचालक एवम् अग्र्रज सौन्दर्यविज्ञ सुषमा महराले मज्जाले छमछमी नाचेर साथ दिएकी थिइन्।

https://www.facebook.com/maharasushma/videos/pcb.2402583043173213/2402577669840417/?type=3&theater

बीग बिजनेश वुमन सुषमा महराका साथमा युवा उद्यमी तथा कर्पोरेट ग्रुपका अध्यक्ष उज्ज्वल पराक्रम जङ शाह, कर्पोरेट म्यागाजिनका सम्पादक सरोज ओझा, न्युजलाईन्स मिडियाका अध्यक्ष राजु भट्ट,स्व.राजा वीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष शिवहरि खनाल, फेसियल हाउसका कर्मचारी लगायतले भैली कार्यक्रममा सहभागिता जनाएका थिए।


प्रकाशन मिति–२०७६ साल कात्तिक १० गते आइतवार ।