काठमाडौं। फेसियल हाउसले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आइतवार पृथ्वीजयन्तिको अवसर पारेर जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग हस्तान्तरण गरेको छ।

फेसियल हाउसले राष्ट्रिय उपभोक्ता मन्चव्दारा ललितपुरमा संचालित जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकहरूलाई न्यानो लुगा बितरण, कपाल तथा नङ काट्रने, फलफुल लगायत खाद्य पदार्थ बितरण गर्ने काम गर्नुको अतिरिक्त नगद सहयोग पनि प्रदान गरेको हो।

सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले फेसियल हाउसले जेष्ठ नागरिकहरुप्रति देखाएको माया र सहयोगका लागि फेसियल हाउसकी प्रबन्ध निर्देशक सुषमा महरा शाह तथा फेसियल हाउसका सल्लाहकार उज्वलजंग शाहलाई धन्यवाद ज्ञापन गरेका छन्।

विसं.२०५५ सालमा काठमाडौं मलमा स्थापना भएको फेसियल हाउस लेडिज एण्ड जेन्ट्स सैलून नेपालकै एउटा अग्रणी सैलूनको रुपमा स्थापित भइसकेको छ। फेसियल हाउसको लक्जरी ब्राञ्चमा केही नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्राएको छ।

विगत १३ बर्षदेखि सौन्दर्य क्षेत्रमा अनवरत रुपमा सक्रिय रहेको फेसियल हाउस सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान हो। फेसियल हाउस काठमाडौं भित्र रहेका ब्युटी सैलुनहरु मध्येकै उत्कृष्ट सैलुन अन्तर्गत पर्दछ।

फेसियल हाउसले ब्युटी ट्रेनिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ। विगतमा पनि फेसियल हाउसले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तै विभिन्न कार्यहरु गर्दै आएको फेसियल हाउसकी प्रवन्ध निर्देशक सुषमा महराले भिजन संसार डटकमलाई बताएकी छन्।
प्रकाशन मिति–२०७६ साल पुस २७ गते आइतवार ।