काठमाडौं। नेपाली मोडलिङ क्षेत्रको प्रवद्र्धन तथा मोडल उत्पादनका लागि फोकस फेसनले द फ्लीक मोडल्स सेसन १ नामक मोडलिङ प्रतियोगिता आयोजना गर्ने भएको छ।

आगामी शनिवार राजधानीमा हुने प्रतियोगितामा पुरुष र महिला मोडल विजेता चयन गरिने आयोजक फोकस फेसनका अध्यक्ष आदर्श शर्माले जानकारी गराए।
शर्माका अनुसार प्रतियोगिताबाट पुरुष र महिला प्रमूख विजेताका साथमा फस्ट र सेकेण्ड रनर्सअपको घोषणा गरिनेछ। विजेतालाई मोडलिङ क्षेत्रमा विभिन्न अवसर प्रदान गरिने भएको छ। प्रतियोगिताको अन्तिम स्पर्धामा ८ पुरुष र १५ महिला मोडलले स्पर्धा गर्नेछन्।

प्रतियोगितामाा पुरुषतर्फ ब्रबिन योञ्जन, जेम्स सुन्दास, दिपेन्द्र सोनाम, सागर बस्नेत, केबिन कार्की, शारदा बीर चन्द्र र विदान्त रञ्जितबीच स्पर्धा हुनेछ। त्यसै गरी महिला सीमा गुरुङ, सीमा श्रेष्ठ, रत्ना देवी, प्रतीमा पाण्डे, गीता शाही ठकुरी, स्वती यादव, सरगम श्रेष्ठ, अंकी, श्रेष्ठ, सुष्मिता महर्जन, सुष्मिता बराल, अमिशा सुवेदी, निशा खजुरेल र सविना बस्नेतबीच भिडन्त हुनेछ।

अन्तिम स्पर्धाबाट फोटोग्राफर राजभाइ सुवाल, कोरियोग्राफर जयन सुब्बा मानन्धर, अभिनेत्री सञ्चिता लुईंटेल, इभेन्ट अर्गनाइजर विशाल गुरुङ, मोडल दीपक घिमिरेको निर्णायक मण्डलले विजेताको चयन गर्नेछ। ऋता कटेलले होस्ट गर्ने प्रतियोगिामा अन्य उपउपाधि विजेताको घोषणा समेत गरिनेछ। प्रतियोगिता मारुती सिमेन्ट लिमिटेड, साथी मार्ट, एनआईसी एसिया बैंक, मटक्ष फिटनेसको प्रायेजन तथा ग्लोबल अनलाईन पे भोटिङ पार्टनर रहेको छ। त्यसै गरी पहिरन निफ नकाबको रहनेछ।
प्रकाशन मिति–२०७९ साल साउन १८ गते बुधवार ।