काठमाडौ। फोटो पत्रकारको संघर्षपूर्ण कथामा बनेको नेपाली कथानक चलचित्र ‘साढे सात’ शुक्रबारबाट रिलिज भएको छ। भूकम्प र नाकाबन्दीको समयमा तराईलाई कार्यक्षेत्र बनाएर फोटो पत्रकारले भोगेको जीवन यो चलचित्रको मुख्य पक्ष हो ।

फोटो पत्रकार पेसेवर यौनकर्मी युवतीको सम्पर्कमा पुग्नु र उनीहरूले एउटा बन्द गोदाममा बिताएका पल चलचित्रमा रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ।

फोटो पत्रकारका रूपमा गायक सत्यराज र यौनकर्मी युवतीका रूपमा मेनुका प्रधानले अभिनय गरेकी छन् । खलनायक सुनील थापाको प्रस्तुतिमा साम्तेन भुटियाले निर्देशन गरेको चलचित्र साढे सात अलनेपाल रिलिज भएको हो ।


प्रकाशन मिति–२०७४ साल फागुन ११ गते शुक्रबार ।