Photo Journalist & Wel Known Artist Mr. Ajay Desar.
Photo Journalist & Wel Known Artist Mr. Ajay Desar.

काठमाडौ। ललितपुरको चापागाउं स्थित निवासवाट मंगलवजार आउने क्रममा नेपालका प्रसिद्ध कलाकार तथा फोटोपत्रकार अजय देसारमाथि साँघातिक हमला भएको छ। चार बर्षकी छोरीलाई घरवाट स्कुल पुर्याउने क्रममा मंगलवजार आउने क्रममा नखिपोट लाइननिर पुग्दा स्कुटरमा सवार दुईजना स्थानीय युवाहरुले देसार सवार स्कुटरलाई च्यापेका थिए। त्यसवारेमा सामान्य विवाद हुंदा देसारमाथि सुनियोजित तवरवाट सांघातिक हमला भएको हो।

ती अज्ञात युवाहरुले देसारमाथि मुक्का तथा लाति बजारेपछि नखिपोट लाइन एरिया सोमवार विहान अफिस टाइममा केहीबेर तनाब भएको थियो। हमलाकारहरुले सुनियोजित तवरवाट हमला गरेर फरार बनेपनि ती युवा र तिनको स्कुटरको नंबरसहितको फोटो लिन सफल भएको छ। यसवारेमा पिडित देसारले चापागाँउ प्रहरी र सातदोवाटो प्रहरीलाई जानकारी दिएर हदैसम्मको कारवाही सहितको जाहेरी दिइसकेका छन्। प्रहरीले देसारमाथि सांघातिक हमला गर्ने ती युवाको खोजी गरेर कारवाही गर्ने देसारलाई आस्वासन दिएको छ।

सानी छोरीको अगाडि नै कुटिएका कलाकार तथा फोटोपत्रकार देसारमाथिको हमलाको सर्वत्र निन्दा भएको छ। ललितपुरवाटै प्रकाशित नामी साप्ताहिकका फोटोपत्रकार समेत रहेका देसारको सानी छोरीको मनस्थिति नै खलल पार्ने गरी हमला भएकोमा हमलाकारको खोजी गरेर हदैसम्म कारवाही गर्न नामी साप्ताहिकका प्रधान सम्पादक तथा प्रकाशक नारायण राईले माग गरेका छन्। साँघातिक हमलावाट देसारको क्यामेरामा क्षति पुग्नुको अलावा देसार घाइते बनेका छन्।

फोटोपत्रकार तथा कलाकार अजय देसारमाथि हमला गर्ने यो युवा तथा उनी सवार स्कुटर ।
फोटोपत्रकार तथा कलाकार अजय देसारमाथि हमला गर्ने यो युवा तथा उनी सवार स्कुटर ।

प्रकाशन मिति–२०७४ साल बैशाख ११ गते सोमवार ।