काठमाडौ। नेपालका प्रसिद्ध फोटोग्राफर तथा सीबी माउण्ट एण्ड फ्रेमिङ कंपनीका मेनेजिङ डाइरेक्टर च्याङ्बा लामा आफै फोटो समाचार बनेका छन्।

सधै नेपालका प्रतिष्ठित नेता तथा अभिनेताका फोटो खिच्न अनि तिनीहरुलाई प्रचार गर्नमा अढाई दशक देखि क्यामेराको लेन्स तेर्साउदै आएका च्याङ्बा आफैमा क्यामेराको लेन्स तेर्सिएको छ।

अर्थात उनी हरेक कार्यक्रममा आकर्षणको केन्द्र–विन्दु बन्ने गरेको पाइएको छ। यो बर्षको अति सम्मानित संकल्प सम्मान–२०७४ वाट समेत सम्मानित च्याङ्बा लामा उपर केही दिनअघि मात्र आयोजित दोश्रो दोहरी गीत प्रतियोगितामा क्यामेराको लेन्स तेर्सिएको हो।

नेपालका लोकगीतका राजा कुमार बस्नेत देखि लोक दोहरी गीतकी रानी कोमल ओली, गायिका सुनिता दुलाल, शोभा त्रिपाठी, रितु कंडेल, उमा श्रेष्ठ, सीता थापा, शंकर बीसीसम्मका तस्बीरमा च्याङ्बा लामा छपक्कै छाएका छन्। फोटोमा च्याङ्बा लामा रोल मोडल नै बनेका हुन्।

यसैले त च्याङ्बाका फोटो खिच्न फोटोग्राफरहरु पनि तछाड–मछाड गर्ने गर्छन्।


प्रकाशन मिति–२०७४ साल चैत्र २१ गते बुधवार ।