YoGendra Das 1काठमाडौ। फोरम लोकतान्त्रिक पार्टीको हालै पूर्नरगठित काठमाडौ जिल्ला कार्यसमितिमा संस्थापक कोषाध्यक्ष योगेन्द्रदास श्रेष्ठलाई फेरिपनि सर्वसम्मत गरिएको छ।

काठमाडौ जिल्लावाट संविधानसभाको चुनावमा पार्टीको तर्फवाट टिकट पाएपछि कोषाध्यक्ष पद त्याग गरेका श्रेष्ठलाई पूर्नरगठनमा सर्वसम्मत गरिएको फोरम लोकतान्त्रिकले जनाएको छ।

YoGendra Das

पूर्नरगठनमा फेरि कोषाध्यक्षमा सर्वसम्मत बनेका श्रेष्ठलाई फोरम लोकतान्त्रिकवाट सांसद बनेका डा.बाबुराम पोखरेलले बधाई सहित स्वागत गरेका थिए। समारोहमा सांसद पोखरेलका साथमा केन्द्रिय सदस्य कामेश्वर साह, कार्यवाहक सचिव परमानन्द मेहता लगायतले पनि श्रेष्ठलाई स्वागत तथा पूनःकार्यकालको सफलताको कामना गरेका थिए।

विशेषत नेपाली चलचित्र र सामाजिक कार्यमा क्रियाशील श्रेष्ठ केही बर्षयता फोरम लोकतान्त्रिक पार्टीमा सक्रिय बनेर छोटो समयमा नै पार्टीलाई सफलताको शिखरमा पुर्याउने कार्यकर्ताको रुपमा उनलाई लिइने गरेको छ। नेपाली जनताको नाममा निष्ठाको राजनीति गर्ने प्रतिवद्धता श्रेष्ठले व्यक्त गरेका छन्। बर्तमान उपप्रधानमन्त्री विजय गच्छेदारले श्रेष्ठ आवद्ध रहेको फोरम लोकतान्त्रिक पार्टीको बागडोरलाई हाँकिरहेका छन्।
प्रकाशन मिति–२०७२ साल फागुन १ गते शनिवार ।