काठमाडौ। काठमाडौ महानगरपालिकामा फोहोरको राजनीति चलिरहेको बर्तमान अवस्थामा काठमाडौको पश्चिम भेक भगवान स्वयम्भुनाथको प्रांगणमा रहेको वडा नंबर १५ भने सफा तथा सुन्दर रहेको छ। १५ नंवर वडालाई फोहोरमुक्त वडा बनाउनका लागि आफूले अहोरात्र कार्य गरिरहेको जननिर्वाचित वडा अध्यक्ष ईश्वरमान डंगोलले जिकिर गरेका छन्।

जननिर्वाचित वडा अध्यक्ष ईश्वरमान डंगोल
जननिर्वाचित वडा अध्यक्ष ईश्वरमान डंगोल

वडा नंबर १५ मा कुनैपनि स्थानमा फोहोर भएको खवर आएमा तत्काल फोहोर उठाउने संयन्त्र आफ्नो वडाले निर्माण गरिसकेकोले फोहोरको समस्या नभएको वडा अध्यक्ष डंगोलले भिजन संसारसंगको कुराकानीमा भनेका छन्।

काठमाडौ महानगरपालिकाका वडा अध्यक्षहरुमा १५ नंबर वडामा अत्यन्त प्रिय वडा अध्यक्ष डंगोल निर्वाचित भएर आएपछि स्थानीयको हरेक गुनासोलाई सुनुवाई गर्न वडा कार्यालयमा हेल्प डेस्क नै स्थापना गरेर कार्य गरेका छन्। जसले गर्दा स्थानीयको समस्यालाई तत्काल सुनुवाई गरेर समाधान गर्ने कार्य आफूहरुवाट भएको पनि अध्यक्ष डंगोलले भनेका छन्। काठमाडौ महानगरपालिकामा नमूना वडा बनाउने आफ्नो चाहना र सोच अनुरुप वडाबासीहरुको सहयोग तथा साथले कार्य भैरहेको दावी पनि अध्यक्ष डंगोलको रहेको छ।

सफा तथा सुन्दर-पश्चिम भेक भगवान स्वयम्भुनाथको प्रांगणमा रहेको वडा नंबर १५
सफा तथा सुन्दर-पश्चिम भेक भगवान स्वयम्भुनाथको प्रांगणमा रहेको वडा नंबर १५

त्यसको अलावा केही समययता वडा नंबर १५ कार्यालयलाई अपाङ्ग मैत्री बनाइएको छ। अपाङ्गता भएका व्यक्तिहरुको लागि वडा कार्यालयमा आउंदा सहज र सजिलो होस् भनेर अपाङ्ग मैत्री र्याम्प बनाएको जानकारी पनि वडा अध्यक्ष डंगोलले दिएका छन्। साथै आकाशे पानी संकलन प्रविधि जडान गरिनुको अलावा वडा कार्यालयमा निःशुल्क वाई–फाई सेवा पनि उपलव्ध गराइएको छ। जसवाट १५ नंवर वडाबासीहरुले जनप्रतिनिधि भएको बल्ल आफूहरुले महशुश गरेको र कार्यसम्पादन गर्न पनि सहज र सरल भएको प्रतिक्रिया दिएका छन्।
प्रकाशन मिति–२०७४ साल भाद्र २६ गते सोमवार।