काठमाडौ। फ्रान्समा मुश्लिम महिलाहरुले लगाउने पूरै शरीर तथा आँखा समेत छोपिने पहिरन बुर्का लगाउन प्रतिवन्ध गरिएको छ। पौडी खेल्दा समेत मुश्लि महिलाहरु बुर्किनी लगाएर पौडी खेल्न थालेपछि त्यहाँका सशस्त्र प्रहरीले सामुद्रिक तटहरुमा जवरजस्ती फुकाल्न लगाएर स्वीमिङ्ग कस्टम लगाउन बाँध्य बनाएपछि त्यसको विरोध हुन थालेको छ।

Burkini in France 1फ्रान्सका कान्स, निस लगायतका १४ वटा शहरहरुमा बुर्किनीमाथि प्रतिवन्ध लगाइएको छ। फ्रान्समा बुर्किनी लगाउनु भनेको त्यहांको धर्मनिरपेक्षताको उल्लंघन भएको मानिन्छ। बुर्किनीमा प्रतिवन्ध लगाएपछि त्यहाँका मुश्लिम महिलाहरुले आक्रोश व्यक्त गरेका छन्। आफ्नो परम्परा र धर्ममाथि फ्रान्स सरकारले हस्तक्षेप गरेको आरोप उनीहरुले लगाएका छन्।

Burkini in France 2अर्कोतर्फ फ्रान्समा बुर्किनीमाथि प्रतिवन्ध लगाएपछि यस पहिरनको त्यहाँ निक्कै डिमाण्ड बढ्न थालेको छ। अनलाइन विक्रीमा निक्कै बृद्धि भएको त्यहाँका व्यापारीहरुले बताएका छन्। बुर्किनी एक किसिमको मुश्लिम महिलाहरुले पौडी खेल्दा लगाइने मुख ढाकिने पहिरन हो।
प्रकाशन मिति–२०७३ साल भदौ ११ गते शनिवार ।