मस्को। २१ औं संस्करणको फिफा विश्वकप फुटबल फ्रान्सले जितेको छ। रूसको लुज्निकी रंगशालमा आइतबार राति सम्पन्न खेलमा क्रोएसियालाई ४–२ ले पराजित गर्दै फ्रान्सले विश्वकप जितेको हो।

पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसिया उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ। फ्रान्सको जितमा एन्टोनीयो ग्रिजम्यान, पाउल पोग्बा र किलियन एम बाप्पेले एक–एक गोल गर्दा अर्को एक गोल क्रोएसियाका मारियो मान्डुकिचले आत्माघाति गरेका थिए। पराजित क्रोएसियाका लागि भने इभान पेरेसिच र मारियो मान्डुकिचले गोल गरेपनि टोलीको हार टार्न सकेनन्।
प्रकाशन मिति–२०७५ साल असार ३१ गते आइतवार ।