काठमाडौं। प्रहरी मेरो साथी भन्ने चर्चित यथार्थतालाई यदाकदा प्रहरीकै कारण दुश्मण बन्ने गरेको छ। जसलेगर्दा प्रहरीलाई जनताले हेर्ने नजरमा जति प्रयास गरेतापनि केही प्रहरी अधिकृत तथा जवानहरुको कारण सिंगो नेपाल प्रहरी नै बदनाम हुने गरेको छ।

यस्तै बदनाम गर्ने कार्य ललितपुरको भैंसेपाटीमा भएको एक घटनामा प्रहरी अफिसरले प्रहरी मेरो साथी भन्ने नेपाल प्रहरीको भावना विपरित बच्चा बोकेकी महिलालाई निर्मम तरीकाले लाठी प्रहार गरेपछि नेपाल प्रहरीको नै बदनाम गर्ने कार्य भएको छ।

सामाजिक सञ्जाल लगायतका सञ्चार माध्यमहरुमा त्यस निन्दनिय कार्यको व्यापक टिप्पणी र भत्सना भएपछि नेपाल प्रहरीले त्यसरी अमानविय तौरले लाठी प्रहार गर्ने प्रहरी निरीक्षक देवीप्रसाद पौडेललाई कारवाही गरेको छ। उनलाई भैसेपाटी वृत्तबाट ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलमा तानिएको छ । पौडेलको ठाउँमा अर्का निरीक्षक सुजित ओझालाई पठाइएको छ।

नेपाली सेनाबाट बर्खास्तमा परेका जर्नेल हेम खत्रीले वर्षौसम्म राखेकी महिलालाई पत्नी नस्वीकारेपछि घेराउ गर्न पुगेका महिलाहरुमाथि प्रहरीले दुर्व्यवहार गरेको थियो। त्यसक्रममा त्यहाँ पुगेकी बच्चा बोकेकी हेमा श्रेष्ठलाई निरीक्षक पौडेलले विहीबार अमानवीय ढंगले लाठी प्रहार गरेका थिए।

महानगरीय प्रहरी परिसर ललितपुरले एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएर गत शुक्रबार देखि छानबिन थालेको थियो। नेपाल प्रहरीका जवान देखि अफिसर सवैलाई यसप्रकारको अमानविय व्यवहार तथा कार्य नगर्न र नगराउन नेपाल प्रहरीले सचेतना गर्नु र गराउन अनिवार्य भैसकेको छ। अन्यथा यस्ता घटना बारम्बार घटने डर भैरहन्छ।
प्रकाशन मिति–२०७६ साल फागुन २१ गते बुधवार ।