काठमाडौं। महामानव भगवान बुद्धको जन्मस्थान लुम्बिनीमा बज्रयान विहारको निर्माण भैरहेको छ। त्यस विहार निर्माणको लागि काठमाडौं महानगरपालिकाले अनुदान स्वरुप ४ करोड २९ लाख १८ हजार सहयोग गरेको छ।

उक्त रकमको चेक काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिवार आयोजित कार्यक्रममा विहारलाई हस्तान्तरण गरिएको छ। मेयर शाक्यले बज्रयान विहारका प्रमुख प्रो. डा.नरेश मान बज्राचार्यलाई उक्त चेक हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगर पालिकाका मेयर मनमोहन चौधरी, संंघीय सांसदहरु जीवनराम श्रेष्ठ, बिना श्रेष्ठ, ३ नंबर प्रदेशका लोकप्रिय सांसद डा.अजयक्रान्ति शाक्य, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी, पूर्वमन्त्री बुद्धिराज बज्राचार्य लगायतका विशिष्ट व्यक्ति विशेषहरुको आतिथ्यता रहेको थियो।


प्रकाशन मिति–२०७६ साल माघ २५ गते शनिवार ।