काठमाडौं। बज्राचार्यहरुको आधिकारिक संगठन बज्राचार्य क्लबको आयोजनामा वल्र्ड बज्राचार्य अवार्ड २०१९ प्रदान गरिएको छ। काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा आयोजित कार्यक्रममा वल्र्ड बज्राचार्य अवार्ड २०१९ प्रदान गरिएको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा भएको वल्र्ड बज्राचार्य अवार्ड २०१९ मा विश्वभर छरिएर रहेका बज्राचार्य परिवारका सदस्यहरुले शिक्षा तथा विभिन्न क्षेत्रमा विगत दुई बर्षमा सर्वोत्कृष्टता हासिल गरेका ५९ जना प्रतिभावान व्यक्ति–विशेषहरुलाई वल्र्ड बज्राचार्य अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रममा ललितपुरका युगपुरुष बुद्धिराज बज्राचार्यलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। कार्यक्रममा श्रीधर राना रिम्पोछेंको पनि विशेष सम्मान गरिएको थियो। कार्यक्रमको आयोजना बज्राचार्य क्लबका संस्थापक अध्यक्ष शैलेन्द्रमान बज्राचार्यको कार्यक्रम संयोजनमा भएको थियो।


प्रकाशन मिति–२०७६ साल पुस १३ गते आइतवार ।