Earthquake in Dolakhaकाठमाडौ। नेपालको सुदुरपश्चिमको पहाडी जिल्ला बझाङ्गमा भूकम्पको धक्का अझैपनि रोकिएको छैन्। आज विहान शनिवार पनि लगातार दुई पटक भूकम्पको धक्का महशुश गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

विहान ६ बजेर ८ मिनेटमा ४.४ रेक्टर स्केलको र ६ बजेर ३२ मिनेटमा ३.२ रेक्टर स्केलको अर्को भूकम्प गएको छ। दुवै भूकम्पको केन्द्रविन्दू बझाङ्गको सदरमुकाम चैनपुरवाट ११ किलोमिटर उत्तरपूर्व मयानामा परेको छ। त्यही ठाउँमा केन्द्रबिन्दु बनाएर यही असार १५ र १६ गते गरेर २१ पटक भूकम्पको धक्का महसुस गरिएको थियो।

भूकम्प गएपछि स्थानीयवासी घर बाहिर र खुला ठाउँमा जम्मा भएका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षकले नरेन्द्र चन्दले भूकम्पले क्षति पुर्यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको र सबै ठाउँमा सम्पर्क गरी भूकम्पको क्षतिबारे सङ्कलन भइरहेकाे उनले जानकारी दिए।
प्रकाशन मिति–२०७३ साल असार १८ गते शनिवार ।