Bajhanga District Mapबझाङ। बझाङ जिल्लाका बिभिन्न भूभाग केन्द्रबिन्दु भएर २१ वटा धक्काहरु गएका छन्। बुधबार दिउँसो २ बजेदेखि सुरु भएको भूकम्पको धक्का बिहीबार पनि जारी छ।

पराकम्पन नरोकिएपछि स्थानीय त्रसित छन्। सम्भावित क्षतिलाई मध्यनजर राख्दै सुरक्षाकर्मीलाई सतर्क अवस्थामा राखिएको छ। बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा बझाङ सदरमुकाम चैनपुर नजिक केन्द्रविन्द्र भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो। राति अबेरसम्म १६ वटा पराकम्पन गएका थिए भने बिहीबार मध्यान्हसम्म ५ वटा पराकम्पन गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

भूकम्पबाट मानवीय क्षति भएको छैन तर, पुराना भौतिक संरचनाहरुमा क्षति पुगेको छ। सामान्य घर र विद्यालयका भित्ताहरु चर्किएका छन्। नेपालमै सबैभन्दा बढी भूकम्पको जोखिम मानिने बझाङको कँडेलमा केन्द्रबिन्दु भएर गत वैशाख १८ गते समेत ४.२ रेक्टर स्केलको भुईंचालो आएको थियो ।
प्रकाशन मिति–२०७३ साल असार १६ गते विहीवार ।