काठमाडौं। राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्तित्व बरिष्ठ गीतकार तथा समाजसेवी बालकृष्ण सजीव र बरिष्ठ अभिनेत्री अनिता केसीको बडादशैंको अवसरमा भेटघाट नै भएको छ। एक अर्कावीच सामाजिक सञ्जाल फेसबुक मार्फत चिनाजानी भएतापनि यो बर्षको बडादशैंमा दुवैवीच प्रत्यक्ष भेटघाट भएपछि खुशीमा त्यो पल रमेको हो।

भिजन संसार डटकमको पहलमा सजीवको नागार्जुन नगरपालिका वडा नंबर १ रानीवारी स्थित स्वर्णिम सजीव सदनमा आयोजित बडादशैं भेटघाट कार्यक्रममा दुवै वीच भेट भएपछि नेपाली कला र कलाकारिता क्षेत्रको वारेमा दुवैले दिल खोलेर कुरा गरेका थिए। कला क्षेत्रका संगति र विसंगतिका बारेमा पनि मन खोलेर भलाकुसारी गर्न पछि परेनन्।

अनि दुवैले दुवैलाई एक आपसमा गुरु मानेर बडादशैंको अवसरमा आशीर्वाद दिने कार्य पनि भएको थियो। पचासको दशकको हिट चलचित्रहरु छहारी, द कमाण्डो, यो मायाको सागर, प्रहार, सेतोबाघ लगायतका चलचित्रका हिट नायिका अनिता केसीले बरिष्ठ गीतकार तथा समाजसेवी बालकृष्ण सजीवका चुपचाप बस, प्रीतविना देखि अँगालो अँगालोमा, फूलजस्तो माया तिम्रो अनि साँझ ढलिगयो जस्ता असंख्य गीत सुन्दैआएको बताएकी छन्।

नेपाली गीत संगीत क्षेत्रका अजर अमर स्रष्टा सजीव जस्ता स्रष्टा सवैको प्रेरक व्यक्तित्व भएको अभिनेत्री केसीले टिप्पणी गरेकी छन्।
प्रकाशन मिति–२०७८ साल असोज २३ गते शनिवार ।