काठमाडौ। नेपाली कांग्रेस नेतृत्वको गिरिजा प्रसाद कोइराला सरकारले पुष २७ गतेको पृथ्वी जयन्तीको सार्वजनिक विदा खारेज गरेको १३ बर्ष पूरा भैसकेको छ। १३ बर्षयता पुष २७ गते नेपाल एकिकरण निर्माता बडामहाराज श्री ५ पृथ्वीनारायण शाहको संझनामा मनाउंदैआएको पृथ्वी जयन्तीको सार्वजनिक विदा यो बर्षवाट दिने निर्णय नेपाली कांग्रेस नेतृत्वको सरकारवाटै भएको छ।

आसन्न मंसीर २१ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई प्रभावित पार्न शेरवहादुर देउवा नेतृत्वको सरकारवाट सार्वजनिक विदा दिने निर्णय गरेको छ। जसवाट राजावादी समूहको भोटलाई आफूतिर तान्न नेपाली कांग्रेसले यसप्रकारको निर्णय गरिनुलाई कतिले आश्चर्य मानेको पाइएको छैन्।

त्यसमाथि राजावादी शक्ति पूर्वपंचहरुको प्रभावशाली पार्टी कमल थापा नेतृत्वको राप्रपा पनि सरकारमा संलग्न भएवाट यसप्रकारको निर्णय आउनुले राजतन्त्र विउताउने क्रमिक प्रयास हो भन्नेहरु पनि पाइएको छ। त्यसैगरेर चुनावको मुखमा नै सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिने पनि निर्णय गरेको छ। गृह मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिन (बाह्र रव्बिउल)को अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको जनाएको छ।

त्यस्तै, मन्त्रालयले आगामी पुस १० गते डिसेम्बर २५ का दिन ‘क्रिसमस डे’मासमेत सार्वजनिक बिदा दिएको छ। विदामाथि विदा तथा चुनावको चारदिन अगाडि स्कुल विदा दिनुपर्ने जस्ता कुरा सार्वजनिक भएकोले अध्ययन तथा अध्यापनमा अत्यन्त असर परेको भनेर भोलिको सार्वजनिक विदामा अधिकांस नीजि स्कुल संचालक तथा बैंकहरुले विदा नगर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार तथा पर्सि शनिवारको विदामा पनि आफू मातहतका बैंकहरुलाई अनवरत सेवा दिनु भनेर परिपत्र जारी गरेको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर १४ गते विहीवार ।