काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सर्वत्र गुञ्जने मालाश्री धुनको म्युजिक भिडियो रिलिज भएको छ। यो बर्षको बडा दशैंको अवसरमा नेपाली टिपिकल बाजाहरुको फ्युजन गरेर मालाश्री धुन गीतको भिडियो रिलिज भएको हो।

विश्वभरका नेपालीहरुको बडा दशैं अझ दशैंमय बनाउन यस भिडियोलाई युट्युब मार्फत रिलिज गरेको बताइएको छ। यस मालाश्री धुनको गीतको भिडियोमा दिनेश महर्जन, रेजन अवाले, रोशन महर्जनको बेजोड सांगीतिक प्रस्तुति रहेको छ।

जसमा ढोलक, मादल, कान्टा डबडब, ह्याप्पी ड्रम लगायतका टिपिकल नेपाली बाजाहरुको प्रयोग भएको छ। सरुन मानन्धरले यस गीतको भिडियोलाई खिचेका हुन्। लोकेशन ललितपुरको बज्रबाराही जंगल रहेको छ।


प्रकाशन मिति–२०७५ साल असोज ३१ गते बुधवार ।