–निशान बुढाथोकी

काठमाडौं। हरेक बर्ष बडादशैंको टीकाको दिन टीकाको साइतको कुरा आउने गर्दछ। साइतको कुरा आउंदा पञ्चाङ्ग निर्णायक समितिको कुरा आउने गर्दछ। पञ्चाङ्ग निर्णायक समितिमा करिब एक दशकसम्म अध्यक्ष रहिसकेका नायब बडागुरु प्रा. डाक्टर माधव भट्टराईलाई सम्झिने गरेको छ।

नायब बडागुरु प्रा. डाक्टर माधव भट्टराई तथा पञ्चाङ्ग निर्णायक समितिका अनुसार यो बर्षको बडादशैंको टीकाको साइत विहान १० बजेर २ मिनेटमा उत्तम छ। विहान १० बजेर २ मिनेट जाँदा पूर्व तिर फर्केर टिका लगाउँदा उत्तम हुन्छ ।

राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष नायब बडागुरु प्रा. डाक्टर माधव भट्टराई विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको स्थापनाकाल देखि नै विशिष्ट योगदान रहेको छ । त्यस्तै अन्र्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिको सभापति हुन् । नेपालमै पनि करिब एक दशकसम्म पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षको रुपमा रहिसकेका छन् ।

गएको ४० वर्षमा धेरै संघसंस्थामा आबद्ध हुनुका साथै ७ वटा क्याम्पस अध्यापन गराइसेका छन्। प्राइभेट, विश्वबिद्यालय, आंगिक क्याम्पस गरी ७ वटा क्याम्पस र एउटा हाइस्कुलमा अध्यापन गराएको डा.भट्टराईको अनुभव छ। नैकाप वष्णदेवी मन्दिरको संस्थापक, काठमाडौं शिक्षा मल्टिपल क्याम्पसका संस्थापक, अध्यक्ष समेत रहेका छन्।

काठमाडौं उपत्यकामा मात्र नभई उपत्यका बाहिर पनि अध्यापन गराएको अनुभव छ डा.भट्टराईमा । आफ्नो मुख्य विषय भनेको संस्कृत साहित्य नै रहेको र पि एच डि पनि संस्कृत साहित्य नै रहेको डा.भट्टराईले बताए ।

प्रेरक व्यक्तित्वका धनी तथा राजादेखि रंकसम्मको अनुभूतिलाई नजिकैबाट आत्मासत् गरेका डा.भट्टराई जस्तो महान् व्यक्तित्वबाट व्यक्त नेपालको राजनितिक, सामाजिक, आर्थिक, सांस्कृतिक र धार्मिक गतिविधि सम्बन्धि विचारले राष्ट्र, राष्ट्रियता र सनातन हिन्दु धर्मको रक्षा र राष्ट्रिय एकताको सुदृढीकरणका लागि दिशा निर्देश सदैव गर्नेछ ।
हरेक चाडपर्वको आफ्नै महत्व हुन्छ, त्यसमा पनि दशैको आफ्नै महत्व भएको बताउछन् ।

वडादशै आफैमा ठूलो महत्व बोकेको पर्व हो । नामले नै स्पष्ट पारेको खुलासा गर्छन् । नेपालका विभिन्न चाडपर्व मध्ये यो सबै भन्दा प्रमुख चाड हो । साधारणतया १५ दिनसम्म मनाइने यो चाडमा ९ दिनसम्म त दुर्गा पूजा नै गरिन्छ । दशौं दिन टिका लगाइन्छ ।

मिठो खाने, राम्रो लाउने, टाढा टाढाबाट आउने आफन्तहरु, परिवारहरु एक आपसमा भेटघाट गरिने गरिन्छ । नेपालीहरुको मौलिक चाड वडा दशैमा पूर्णिमाको दिनसम्म टिका ग्रहण गरिन्छ । मान्यजनबाट विशेष किसिमको दुर्गामन्त्र सहित टिका ग्रहण गरिन्छ ।

प्रकाशन मिति–२०७८ साल असोज २९ गते शुक्रवार ।