काठमाडौं। बडा दशैंको नवरथा आजवाट शुरु भएको छ। घटस्थापना गरेपछि शुरु भएको नवरथा अवधिभर दुर्गा भवानीको पूजाअर्चना गर्ने गरिन्छ। यो नवरथाको नवौदिनसम्म पानीसम्म पनि नखाइकन ब्रत बस्ने चमत्कारिक कार्य आजवाट शुरु गर्ने कार्य भएको छ।

त्यो कार्य नेपाल वाहिर प्रवास इजरायलमा नेपालीवाटै भएको छ। पोहोरको नवरथामा जस्तै यो बर्षपनि नेपाल वाहिर इजरायलमा इलित्रा क्षेत्रीले आजवाट निरहार ब्रत बस्ते कार्य भएको हो। विगत १२ बर्षदेखि इजरायल बस्दैआएकी इलित्रा क्षेत्रीले घटस्थापनादेखि निर्जल ब्रत बस्ने कार्य शुरु गरेकी हुन्।

नौ दिनसम्म निर्जल ब्रत बसेर महानवमीका दिन कन्या पूजा गरेर समापन गर्ने जानकारी इजरायलवाट इलित्रा क्षेत्रीले भिजन संसार डटकमलाई दिएकी छन्। पूर्वी नेपालको ताप्लेजुङ स्थित पाथिभारा माताको अनन्य भक्त इलित्रा क्षेत्रीले यो बर्ष भने पाथिभरा भक्तिसमाज इजरायलको आयोजनामा निर्जल ब्रत बसेकी हुन्। 

पाथिभरा माताको भक्तिभावमा लिन बनेर नौ दिनसम्म पानीको थोपा पनि नखाइकन निर्जल ब्रत बसेकी इलित्राको भक्तिभावले इजरायलमा बस्ने नेपालीहरु पनि गर्बित बन्ने गरेको पाइएको छ। माता पाथिभराको भक्तिभाव अनि सदभावले पानी पनि नखाइकन निर्जल ब्रत बस्दा इलित्रालाई कुनै कठिनाइ हुने नगरेको जानकारी इजरायलवाट फोटोग्राफर डेन्डुप तामाङले भिजन संसार डटकमलाई दिएका छन्।

पानीको थोपा पनि नखाइकन त्यसरी बडा दशैंको नौरथाभरि ब्रत बस्दा शरीर अलिकति शिथिल हुन बाहेक पाथिभरा माताको कृपाले केही नहुने जिकिर पनि इलित्राको रहेको छ।
प्रकाशन मिति–२०७६ साल असोज १२ गते आइतवार ।