काठमाडौं। नेपालभाषा चलचित्रका नंबरी नायिका आराध्यलक्ष्मी खड्गी र सुपरस्टार नायक रुपेन्द्र श्रेष्ठवीच बडा दशैंको नवौं दिन महानवमीका दिन विवाह भएको खुलासा भएको छ। अविवाहित नंवरी नायिका र विवाहित सुपरस्टार नायकवीच विवाह भएपछि तहल्का भएको हो।

यो रियल लाइफमा नभइकन रिल लाइफमा मात्र भएको पनि खुलासा भएको छ। दुवैवीच गायक रविन्सन कंसाकार र गायिका सुमन मानन्धरको सुमधुर गायन रहेको गीतको भिडियोमा प्रेममय विवाह भएको हो। नंबरी नायिका आराध्यलक्ष्मी खड्गीकै निर्देशन रहेको ज़माना मभिं स्व बोलको उक्त गीतको भिडियोमा दुवैले विवाह गरेको पोस्टर सार्वजनिक भएपछि विवाहको कुराको पर्दाफास भएको पनि खुलेको छ।

गीतको बोल अनुसार कथानकता तयार भएपछि सोही अनुरुप आफैले निर्देशन गरेर विवाह गरेको खुलासा पनि नायिका खड्गीले भिजन संसार डटकमलाई वताएकी छन्। दशैंको माहोलमा गीतको भिडियोमा कथाले मागेअनुसार विवाह गर्दा रमाइलो नै लागेको नायिका खड्गीको भनाई रहेको छ। सुपरस्टार नायक श्रेष्ठ भने अलिकति लाज तथा धेरै रमाइलो भएको पनि उल्लेख गर्छन्।

मल्टीट्यालेन्टेट सञ्चारकर्मी सुरजबीर बज्राचार्यको शव्द तथा संगीतकार जुगल डंगोलको कम्पोज र एरेञ्ज रहेको छ। गीतको भिडियोमा नेपालभाषा चलचित्रकी नंबरी नायिका आराध्यलक्ष्मी खड्गी तथा सुपरस्टार रुपेन्द्र श्रेष्ठको रौनकपूर्ण विशेष अभिनय रहेको छ। साथमा चिरीबाबु महर्जन, रमेश पौडेल, राजकुमारी श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ।

पूजा शाही तथा निरु महर्जनको श्रृंगार, राजेश मानन्धरको फोटोग्राफी तथा ड्रोन शनि शाक्यले चलाएका छन्। छायाँकन, सम्पादन बरिष्ठ छायाँकार सोहन मानन्धरले गरेका हुन्। कन्सेप्ट, कोरियोग्राफी, निर्देशन नायिका आराध्यलक्ष्मी खड्गीकै रहेको छ। केही दिन पश्चात नै यो गीतको भिडियो रिलिज गर्ने तयारीमा आफूहरु लागिरहेको जानकारी गायक रविन्सन कंसाकारले वताएका छन्।


प्रकाशन मिति–२०७७ साल कात्तिक ९ गते आइतवार (महानवमी)।