–विमला कोइराला


नेपालीको घर–आङ्गनमा
पर्व मुस्कुरायो
आयो फेरी फर्किएर
बडा दशैं आयो !
झुले आहा !!
काश र सिरु कुसुम सुकसुकायो
रुझेकी छिन् अरे धरा घामले चिहायो

हरियाली फाटै भरी यौवन जुर्मुरायो
बालापनको चन्चले मन उत्तालिदै आयो

सुवाष छर्दै पारिजातले प्रीतको गीत गायो
घटहरुमा जल भरेर श्लोक मुस्कुरायो
सुख दुःख ऐश्वर्य बाँड्न बडा दशैं आयो


प्रकाशन मिति–२०७६ साल असोज १२ गते आइतवार ।