काठमाडौं। मिलन सुवेदी नेपाली चलचित्रको कुनैबेलाको धरोहर हुन्। जो नेपाल चलचित्र विकास वोर्डका पूर्वअध्यक्ष राजकुमार राई देखि ख्यातिप्राप्त नायक निखिल उप्रेतीसम्मको स्वकीय सचिव बनेर कार्य गरिसकेका अत्यन्त धैर्यवान र सहनशील व्यक्तित्व हो।

पूर्वीनेपाल मोरंग केराबारीका मिलन सुवेदीले यस वीचमा कयन नेपाली चलचित्रमा प्रोडक्सन कन्ट्रोलर बनेर कार्य गर्न भ्याए। अझ केही चलचित्रको निर्माण गर्ने कार्य समेत गरे। चलचित्रका लागि कयन रात तथा दिन भोकभोकै हिडे्र परिवार विर्सने प्रतीक्षामा वितेको जिन्दगीको रुपमा पनि मिलन सुवेदीलाई लिइने गरेको छ।

यिनै मिलन सुवेदी हिजोआज चलचित्रको काममा भन्दा बढी विरामीको उपचार गर्नमा व्यस्त हुने गरेको पाइएको छ। नेपालका १५ जिल्लामा विरामीको उपचारकै क्रममा आतेजाते गर्ने कार्य हिजोआज मिलन सुवेदीको दिनचर्या बनेको छ। घर–भान्छामा नै हुने घरेलु सामाग्रीवाटै घरेलु उपचार गर्ने र गराउने कार्यमा तल्लिन मिलन सुवेदीलाई आज काठमाडौंमा भेटिन्छ भने, भोलिपल्ट चितवनको सौराहामा विरामीकै घरमा औषधि बनाएर खुवाइरहेको भेटिने गरेको छ।

त्यसगरेर, पूर्वीनेपालको विराटनगरमा देखिएका उनै मिलन सुवेदी पश्चिम नेपालको कपिलवस्तुमा त्यसरी नै विरामीको उपचारमा व्यस्त बनिरहेको भिजन संसार डटकमले कयन पल्ट अन द स्पट भेटिएको छ। आयुर्वेद उपचार विधिअनुसार घरैमा औषधि बनाउने र आयुर्वेद विधि अनुसार उपचार गर्ने भएकोले हिजोआज मिलन सुवेदीलाई घरेलु डाक्टर भन्न थालिएको छ।

यसरी काम गर्दैआएको १३ बर्ष भैसकेको जानकारी मिलन सुवेदीले भिजन संसार डटकमलाई दिएका छन्। मिलन सुवेदीले उपचार गरेका विरामीहरुमा कुनै कैफियत पाइएको छैन्। मिलन सुवेदीकै सल्लाह अनुरुप घरैमा तयार गरिएका घरेलु औषधि सेवन गरेर धेरैले आरोग्यता प्राप्त गरेका छन्। यसलेगर्दा दिनानुदिन मिलन सुवेदीको लोकप्रियतामा व्यापक बृद्धि भैरहेको छ।

हुन त मिलन सुवेदी पारिवारिक रुपमा जन्मजात घरेलु औषधि उपचारका डाक्टर बनेका होइनन्। उनका अनुसार, चलचित्रको छायाँकनका क्रममा बनजंगलमा हराउंदा बनझाँक्रीले पक्रेर पोखराको हेम्जा तथा स्याङ्जामा जंगलमा महिनौ दिन लगेर औषधि बनाउने र उपचार गर्ने तौरतरीका सिकाएर फर्काएको हो।

पोखराको जंगलमा भेटिएका बनझाँक्रीले सिकाएको औषधि उपचारलाई नै मूल गुरुमन्त्रको रुपमा आफूले प्रयोग गर्दैआएको तथा तिनमा केही साइड इफेक्ट नपाएको र राम्रो उपचार भएकोले यसलाई नै हाल व्यवसायको रुपमा अगाडि बढाउंदै गएको खुलासा गरेका छन्। यिनै बनझाँक्रीले बनाएका घरेलु औषधउपचारका डाक्टर मिलन सुवेदीको तीन घरेलु उपचार यहाँ प्रस्तुत गरिएको छ–

१.कपालको चाया हटाउने सरल उपाय
कपालको नियमित सफा नगर्नाले, स्याहार सुसार नगर्नाले, कमसल सेम्फु तथा साबुन प्रयोग गर्नाले,अनेक प्रकारका रंग प्रयोग गर्नाले तथा संतुलित भोजन नगर्नाले कपालमा चाया पर्न सक्छ। यदि कुनै पनि कारणले कपालमा चाया परे घरमै सजिलै उपलब्ध हुने एवं बनाउन सकिने घरेलु उपचार विधि बाट चायाको निर्मुल गर्न सकिन्छ। जसका लागि तपाईंको कपालको आवश्यकता अनुसार कागतीको रस निकाल्नुस त्यसमा पाँच–छ चम्चा चिनीलाई मिसाएर घोल बनाउनुस्। केही समय चिनी घुलिन छोड्दिनुस्। औषधि तयार भयो। उक्त घोललाई धोएर सुख्खा बनाएको कपालमा छाला सम्म पुग्ने गरि दलि–दलि लगाउनुस। कपाल नसुकुन्जेल छोड्दिनुस । सुकेपछी सेम्फु साबुन नलगाइ मजाले पखालेर छोड्दिनुस्। दिन बिराएर सोही प्रक्रिया गर्नुस केही दिन मै चाया गायब हुनेछ।

२.सेतो कपाललाई कालो बनाउने गजबको तरीका
धेरै मित्रहरूले केश कालो बनाउने सजिलो विधि बताइ दिन भन्नू भएकोले घरमै बनाउन सकिने उपायको बारेमा लेख्दैछु। सबैका लागी उपयुुक्त यो बिधिका लागि थोरै समयको आवश्यकता पर्दछ । अमलाको चुर्ण (अमलालाई पिसेर बनाइएको धुलो) ५०–६० ग्राम एक पटकको लागि एउटा भाडोमा आधा लिटर पानी हालेर उमाल्नुस । आधा नहुन्जेल उमाल्नुस उक्त अमला लेप जस्तै लगभग हुन्छ ।त्यसपछि सो लेप सेलाउन छोड्नुस । सेलाए पछि उक्त लेपमा आधा कप(चिया कप) दही मज्जाले मिसाउनुस। औषधि तयारी भयो । उक्त मिश्रण आफ्नो आवश्यकता अनुसार कपाल धोएर सफा र सुख्खा बनाएर लगाएर सुकुन्जेल छोड्नुस । त्यसपछि कपाल धुनुस । केही समय बिराउदै लगाउदै जानुस कपाल कालो हुनेछ । साथै कपाल झर्न पुर्णतः बन्द हुनेछ ।

३.अनावश्यक मोटोपना घटाउने नयाँ तरीका
खानेकुरामा पहरेज नहुदा, असुन्तलित भोजन, अबेरसम्मको सुताई, राती अबेरसम्म नसुत्ने, मसलायुक्त भोजन लगायत विभिन्न कारणले शरीरमा अनावश्यक बोसो बढने गर्दछ । त्यसका लागि घरमै बनाउन सकिने हाम्रै वरिपरिको जंगलमा पाइने निम्न लिखित बनस्पतिलाई प्रयोग गरेर अनावश्यक बोसो घटाउन सकिन्छ। त्रीफला (हर्‍रो बर्‍रो अमलाको बराबरको धुलो) गुर्जो (गिलोय)को धुलो पनि त्रीफलाको एक भाग जस्तै– त्रीफला बनाउदा पचास ग्राम हर्‍रो पचास ग्राम बर्‍रो पचास ग्राम अमला त्यति नै मात्रामा गुर्जो मिसाएर सिसामा सुरक्षीत राख्ने बिहान खाली पेटमा शुद्ध मह एक चमचको साथमा एक चमच उक्त धुलो एक ग्लास मनतातो पानीमा नियमित मिसाएर खाने गर्नुस तपाइको बोसो र वजन अचम्मै हुने गरि घट्ने छ।
प्रकाशन मिति–२०७६ साल जेठ ६ गते सोमवार ।