Shuvechha Thapa in caltural Dress 1काठमाडौ। बौद्धधर्ममार्गीहरुको पवित्र खाँदालाई पहिरन बनाएर बबाल फोटोसुट गरेपछि निक्कै विवाद तथा आलोचनामा परेकी नायिका शुभेच्छा थापाले आफूलाई सुधारेकी छन्। बौद्धमार्गीहरुको आफूले चाहेर अपमान गर्न नखोजेको र अन्जानमा त्यस्तो हुन गएको भनेर माफी मागिसकेकी उनले बौद्धमार्गी शेर्पा तथा तामाङ्गजातिको पहिरन लगाएर त्यसलाई सच्याउने प्रयास शुभेच्छावाट भएको छ।

Shuvechha Thapa in caltural Dress 2

बौद्धमार्गीहरुको अपमान गरेको भनेर शुभेच्छालाई नेपाल चलचित्र कलाकार संघले ६ महिनाको लागि निलम्बित गरेको अवस्थामा त्यस गल्तीलाई सुधार गर्न गरेको प्रयासलाई सवैले राम्रो भनेको छ।

अव आइन्दा चर्चाको लागि त्यसप्रकारको कुनै गल्ती नगर्ने प्रतिबद्धता व्यक्त गर्ने शुभेच्छा थापाले भिजन संसार मार्फत पनि संवन्धबर्गमा फेरिपनि माफी मागेकी छन्। नायिका थापाव्दारा अभिनित तथा निर्मित चलचित्र विन्दास ३ चांडै रिलिज हुने क्रममा रहेको छ।

प्रकाशन मिति–२०७२ साल माघ १९ गते मंगलवार ।