काठमाडौ। विगत १२ बर्षदेखि गीत गायनमा सक्रियता देखाउंदै आएका गायक रामकृष्ण श्रेष्ठको तेश्रो एल्वम सार्वजनिक भएको छ। शनिवार काठमाडौमा आयोजित विशेष समारोहमा नेपालका पूर्वमन्त्री लालबाबु पण्डितले गायक श्रेष्ठको एल्वम बयलीलाई विमोचन गरेका छन्।

Ram Kri Shrestha' s Bayali 1विमोचित एल्वम बयलीको बारेमा धेरैलाई खुल्दुली नै रहेको पाइयो। त्यो खुल्दुली गीत भन्दा एल्वमको नाममा रहेको अतिथिको रुपमा देखा परेका गायक एसकुमारले मन्तव्य व्यक्त गर्ने क्रममा भनेका छन्। गायक एसकुमारले आफू यतिका बर्ष पुगिसक्दा पनि बयली शव्दको अर्थ थाहा नभएको र त्यसको बारेमा आफू नजिक रहेकी अर्की अतिथि गायिका रेखा शाहलाई पनि थाहा नभएपछि बरिष्ठ गायक एवम् संगीतकार रामेश श्रेष्ठलाई खुसुक्क सोधेपछि थाहा पाएको लाजै नमानिकन भने ।

बयलीको अर्थ झुलेको धानको बालालाई हावाले झुल्लाउंदा देखिने लहरी नै बयली भएको आफू स्पष्ट भएको एसकुमारले बताए। एसकुमार जस्तै बयली एल्वम विमोचन समारोहमा बयलीको धेरैलाई अर्थ थाहा नहुंदा त्यसको अर्थ आफ्नो एल्बमवाट दिन पाउंदा गायक रामकृष्ण श्रेष्ठ दंग परेका छन्। गायक श्रेष्ठले दुई गीतलाई विमोचन समारोहमा लाइभ गाएका थिए।

गायक श्रेष्ठको उनीलाई, बोध पछि तेश्रो एल्वमको रुपमा बयली भनिएतापनि बयली गीति–एल्वम भन्दा गीतका म्युजिक भिडियोहरुको डीभीडीका रुपमा समयको माग बमोजिम प्रस्तुत गरिएको पाइएको छ। जसमा ६ वटा गीतहरुको आकर्षक म्युजिक भिडियोका संग्रह रहेको छ।
प्रकाशन मिति–२०७३ साल जेठ २३ गते आइतवार ।