काठमाडौं। बरिष्ठ अभिनेता एवम् चलचित्र निर्देशक सनम कुमार बैरागलाई मातृशोक परेको छ। निर्देशक बैरागको मममतामयी आमा मिश्रीमाया श्रेष्ठको ८९ बर्षको उमेरमा दुःखद निधन भएको छ।

शुक्रवार राति काठमाडौंको बीर अस्पतालमा उपचारको क्रममा मिश्रीमाया श्रेष्ठको दुःखद निधन भएको हो। बैराग सहित स्वर्गवासी मिश्रीमायाको तीन छोरा र तीन छोरी छन्।

हाल प्रदर्शनको तयारीमा रहेको चलचित्र कैदीको पत्रको निर्देशक समेत रहेका बैराग बेलायतमा लामो समय देखि बस्दैआएका छन्। बैराग भिजन संसार डटकमका  महाप्रवन्धक पनि हुन्।

रोएर मन छल्केका छन् आँसु
विह्वल छन् चुपचाप मलामी,
जाँदैछ टाढा कुन देशमा…..
माग्दैछ लाश सबैबाट सलामी…
-गायक योगेश वैद्य, संगीत सुशील विश्वकर्मा र गीतकार सनम कुमार बैराग (टेलिचलचित्र यथार्थ यात्रा)            प्रकाशन मिति–२०७८ साल असोज २ गते शनिवार ।