काठमाडौं। नेपालभाषा संगीत क्षेत्रमा एक पछि अर्को म्युजिक भिडियो निर्माण तथा निर्देशन गरेर रेकर्ड राख्ने कार्य बरिष्ठ अभिनेता पवन जोशीवाट भएको छ।

यसक्रममा निर्देशक जोशीवाट निर्देशित पछिल्लो म्युजिक भिडियो मकः जन्म काइ धकाः माँअबु हथाय् चाल बोलको गीत निर्माण भएको हो। यो गीतको भिडियो सार्वजनिक भएको छ। नेपालभाषा संगीत क्षेत्रका अत्यन्त प्रतिभाशाली गायक कृष्ण महर्जनको गायन रहेको छ।

यस गीतमा गायिका गंगादेवी महर्जनको पनि गायन रहेको छ। संगीत अनिल तुलाधरले दिएका छन्। गीतकार स्वयम निर्देशक पवन जोशी नै रहेका छन्। गीतको भिडियोमा सुरेन्द्र शाक्य र रुक्साना महर्जनको प्रमुख भूमिका रहेको छ। साथमा सरस्वती मानन्धर र तुयु महर्जनको पनि अभिनय रहेको छ। राजेश शाक्यको छायाँकन तथा सम्पादन रहेको छ। नृत्य निर्देशन अनु महर्जनले गरेकी हुन्।

प्रकाशन मििित–२०७५ साल असोज २० गते शनिवार ।