काठमाडौं। बरिष्ठ अभिनेता पवन जोशीका साथमा पूर्वराज्यमन्त्री रामबीर मानन्धरलाई बुद्ध शान्तपार्क अनलाइन सम्मान प्रदान गरिएको छ। बुद्ध शान्तपार्क अनलाइनको आयोजनमा भएको विशेष सम्मान कार्यक्रममा नेपालका ख्यातिप्राप्त अभिनेता पवन जोशीका साथमा पूर्वराज्यमन्त्री रामबीर मानन्धरलाई सम्मान प्रदान गरिएको हो।

अभिनेता जोशीलाई पचास बर्ष लामो अभिनय, निर्देशन तथा गीत लेखनको यात्रामा दिएको अनवरत योगदानको कदरस्वरुप उक्त सम्मान प्रदान गरिएको आयोजक समितिले जनाएको छ। त्यस्तै, पूर्वराज्यमन्त्री रामबीर मानन्धरलाई शहरी विकास राज्यमन्त्रीमा वहालवाला हुंदाको समयमा नन्स्टप गीत गाएर विश्व कीर्तिमान कायम गरेवापत सम्मान प्रदान गरिएको हो।

साथमा लामो समयदेखि कलाकारितामा क्रियाशील कलाकार रामकृष्ण जुजुलाई पनि सम्मान प्रदान गरिएको थियो। त्यसको अलावा अग्रज गीतकार आनन्दरत्न बज्राचार्य लगायतलाई मायाको चिनोरुपी सम्मान पनि प्रदान गरिएको थियो।

कार्यक्रममा आयोजक बुद्ध शान्तपार्क अनलाइनका शान्त बहादुर शाक्यको सभापतित्वमा भएको थियो। कार्यक्रम संचालन सशक्त संचारकर्मी विराजकाजी राजोपाध्यायवाट भएको थियो।

प्रकाशन मिति–२०७८ साल साउन १६ गते शनिवार ।