Pawan Joshiकाठमाडौ। नेपाली रंगमंच तथा चलचित्रको अभिनय एवम् निर्देशनमा विगत ४४ बर्षदेखि निरन्तर क्रियाशील बरिष्ठ अभिनेता पवन जोशीको अर्को पाटो पछिल्लो समय पत्रकारिता पनि देखिएको छ। विशेषत चलचित्र तथा रंगमन्चका कलाकारहरुको उत्थान तथा तिनको प्रवद्र्धनको लागि जोशीले कलम चलाउंदै आएको पाइएको छ।

काठमाडौवाट निस्कने नेपालभाषाको साप्ताहिक पत्रिका लहना तथा कीर्तिपुरवाट निस्कने नेपाली भाषाको स्वतन्त्र–संसारको कला संवाददाताको रुपमा जोशीले कार्य गर्दैआएका छन्। जोशीको कालिमाटी स्थित पवन स्टुडियोमा विहीवार भिजन संसार पुग्दा अभिनेता जोशी नेपालभाषा चलचित्रका अभिनेत्री रन्जनासंग अन्तरवार्ता लिनमा व्यस्त देखिएका थिए। कलाकारले कलाकारसंग लिएको अन्तरवार्ता सुन्नमा नेपालभाषाकै अर्की अभिनेत्री सन्जु श्रेष्ठ तथा निर्देशक सुरेश खड्गीसमेत दंग परेर हेरेर बसेका थिए।

Pawan Joshi in Interview

अन्तरवार्ता दिइरहेकी अभिनेत्री रन्जनाले पत्रकार बनिरहेका अभिनेता जोशीको हरेक प्रश्नको सटिक जवाफ दिने कोशिश गरिरहेको पाइएको थियो। मनपर्ने निर्देशक को हो भन्ने प्रश्नमा भने उनी निक्कै अलमलिरहेको पाइएको थियो। यद्यपि, अभिनेता जोशीले अन्तरवार्ताको क्रममा उनलाई निक्कै सहज वनाउने कोशिश गरेको पाइयो।

चलचित्र लेखन तथा अभिनय र फोटोग्राफीमा दख्खल जोशीको पत्रकारितामा पनि देखिएको दख्खलता अनि क्रियाशीलताले थप आयाम थपिन पुगेको छ। पत्रिकाको लागि जोशीलाई अन्तरवार्ता दिने प्राय कलाकारहरुले जोशीसंग अन्तरवार्ता दिन पुग्दा कुनै चलचित्रको शुटिङ्गमा पुगेको जस्तो आफ्नैपनको वातावरण तयार हुनेभएकोले बेग्लै मज्जा हुने गरेको प्रतिक्रिया दिने गरेका छन्।
प्रकाशन मिति–२०७२ साल फागुन २८ गते शुक्रवार ।