sandeep-sen-aniruddha-bimochan-6काठमाडौ। विगत आठ बर्ष देखि नेपाल बस्दैआएका भारत आसामका गायक सन्दीप सेन गुप्ता नेपाली गीति एल्वम शनिवार सार्वजनिक भएको छ। बरिष्ठ गायक दीप श्रेष्ठव्दारा विमोचित गायक गुप्ताको ६ वटा बुनियाद गीतहरुको संग्रह रहेको गीति एल्वमको नाम अनिरुद्ध हो ।

sandeep-sen-guptas-album-aniruddhaअनिरुद्ध गायक गुप्ताको छोराको नाम हो। छोराको नामवाट नेपाली एल्वम निकाल्न पाउंदा गुप्ता अत्यन्त दंग परेका छन्। भारतको अरुणाञ्चल प्रदेशमा १५ अक्टोबर १९८० सालमा जन्मेका गुप्ता सानैदेखि गितारका निक्कै शौखिन हुन्। कक्षा आठमा अध्ययनरत हुंदा नै गितार बजाउन पोख्त बनेका गुप्तामा उस्ताद पिता आँशुतोष सेन गुप्ताको पनि प्रभाव रहेको छ।

sandeep-sen-aniruddha-bimochan-2भारतीय क्लासिकल गीत गाउने उस्ताद पिताले बारम्बार संगीतमा लाग्न दिएको प्रेरणाले नेपालमा पहिलो एल्वम अनिरुद्ध निकाल्न सकेको गायक गुप्ताको भनाई रहेको छ। बेग्लै सोच र फरक काम गर्न रुचाउने गुप्ता पेशाले टेलिकम व्यवसायी भएकोले यसै कामको सिलसिलामा सन् २००९ सालमा नेपाल आएका गुप्ताको परिचय नेपालका प्रथम भाँग्रा गायक गोपाल श्रेष्ठसंग भएपछि नेपाली गीत–संगीतमा रुचि बढ्ेको हो।

sandeep-sen-aniruddha-bimochan-4टेलिकमकै व्यवसायमा रहेका भाँग्रा गायक श्रेष्ठको प्रेरणाले एकाएक नेपाली गीत सिकेर नेपालीमा नै गुनगुनाउने कार्य गुप्तावाट बर्षौवाट भयो। त्यसमा भाँग्रा गायक श्रेष्ठकै पहलवाट नेपालका चर्चित संगीतकार अनिल शाहीसँग भेट भएपछि दुवैको ट्युनिङ्ग मिल्यो। दुवै गितारमा रम्ने भएकोले संगीतकार शाहीको ट्युन गुप्ताले तुरुन्तै टिप्न थालेपछि एल्वम अनिरुद्ध वनेको हो।

sandeep-sen-aniruddha-bimochan-5एल्वम अनिरुद्धका ६ वटा गीतमा पाँच गीतमा संगीतकार अनिल शाहीको संगीत तथा शव्द रहेका छन्। एक गीतमा भाँग्रा गायक गोपाल श्रेष्ठको शव्द तथा संगीत रहेको छ। सिंगापुरमा तयार गरिएको हाइक्वालिटीको सिडी एल्वम अनिरुद्ध यतिखेर गायक गुप्ताको पहिचान बनेको छ।

sandeep-sen-aniruddha-bimochan-1यसै एल्वममा मेरो नेपाल बोलको एक गीतको म्युजिक भिडियो समेत तयार भैसकेको छ। जसमा नेपाल छाडेर परदेश जाँदा परदेशमा नेपाल संझिने र परदेशको पीडा सहन नसकेर नेपाल फर्केको मार्मिक चित्रण गरिएको छ। यस भिडियोमा दुई मोडल राज बर्मा र निर्जला महर्जनको जीवन्त अभिनय रहेको छ। नेपाली गीतको अलावा हिन्दी तथा आसामी गीत गाउन पनि उतिकै प्रखर गायक गुप्ता निकट भविष्यमा हिन्दीमा पनि एल्वम निकाल्ने सोचमा रहेका छन्।

sandeep-sen-aniruddha-bimochan-3अनिरुद्ध एल्वम विमोचन समारोहमा प्रमुख अतिथि बरिष्ठ गायक दीप श्रेष्ठले गायक सन्दीप सेन गुप्ताको गायनमा निक्कै संभावना देखेको र नागरिकताले भारतीय भएतापनि नेपाली गीत–संगीत प्रतिको मोहलाई खुलेर तारिफ गरे। समारोहमा स्वागत भाषण गर्दै भिजन संसारका समाचार सम्पादक श्याम स्मृतले कलाकारको कुनै जाति, धर्म तथा देश नहुने र कलाकारको जाति, धर्म तथा देश कलाकारितामा मात्र हुने कुरा उल्लेख गर्दै गायक गुप्ताले नेपाली गीत गाएर एल्वम निकाल्नु नै यसले सही अर्थ दिएको बताए।

नेपालका प्रथम भाँग्रा गायक गोपाल श्रेष्ठले गायक सन्दीप सेन गुप्तासंगको सामिप्यताको बारेमा प्रकाश पारेका थिए। नेपालको प्रसिद्ध सांगीतिक समूह सुरसुधाका उस्ताद सुरेन्द्र श्रेष्ठ तथा संगीतकार अनिल शाहीले गायक गुप्ताको नेपाली गीत गायनमा राम्रो संभावना तथा एल्वम अनिरुद्धको सफलताको लागि कामना गरेका थिए।

Photo By- Sunit Kayastha

प्रकाशन मिति–२०७३ साल असोज ८ गते शनिवार ।