Bharat Lal Shrestha

काठमाडौ। नेपालको व्यावसायिक पत्रकारिताको लिडिङ्ग मिडिया हाउस कामना न्यूज पब्लिकेसन्सका अध्यक्ष तथा नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक एवम् बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठलाई पितृशोक परेको छ।

प्रधानसम्पादक श्रेष्ठका पिता ७४ बर्षिय बरिष्ठ समाजसेवी भरतलाल श्रेष्ठको सोमवार नर्भिक अस्पतालमा दुःखद निधन भएको छ। केही बर्षअगाडि दुवै मृगौला फेल भएर मृगौला ट्रान्सप्लान्ट गरेर स्वस्थ जीवन जिउंदैआएका समाजसेवी श्रेष्ठ केही महिनायता अस्वस्थ थिए। नर्भिक अस्पतालमा उपचारकै क्रममा देहान्त भएको पारिवारिक स्रोतले बताएको छ। Bharat Lal Shrestha1प्रकाशन मिति–२०७२ साल फागुन ३ गते सोमवार ।