काठमाडौं। विगत अठार बर्षदेखि नेपाल संवत अनुसारको नयाँ बर्षको अवसरमा प्रकाशित हुंदैआएको क्यालेण्डर यो बर्षपनि प्रकाशित हुने भएको छ। नेपालका बरिष्ठ फोटोपत्रकार राजभाई सुवालले यो बर्षपनि नेपाल संवत ११३९ को क्यालेण्डर प्रकाशित गर्न लागेको हो।

यो बर्षको दशैं सकेको लगतै क्यालेण्डरलाई बजारमा ल्याउने कोशिशमा आफू रहेको बरिष्ठ फोटोपत्रकार सुवालले भिजन संसार डटकमलाई बताएका छन्। सुवालका अनुसार,यो बर्षको क्यालेण्डरको विशेष महत्व र कथावस्तु वोकेको छ।

Reknown Vetran Photo Journalis of Nepal-Mr.Raj Bhai Suwal.

मानिसको जीवन पञ्चतत्वले बनेको छ। यो पञ्चतत्व भन्नाले आकाश, बायु, अग्नि, जल र धर्ती हो। यो पञ्चतत्व विना मानिस मात्र होइन, प्राणी मात्रको पनि अस्तित्व संभव छैन र हुंदैन पनि। यस पञ्चतत्वको महत्व यो बर्षको क्यालेण्डरले दर्शाउन खोजेको सुवालले भनेका छन्।

जसमा अत्यन्त मेहनतले सुवालले सुवालको काठमाडौंको मैतीदेवी स्थित सर्व–संपन्न विश्वकै उत्कृष्ट डी क्रियसन स्टुडियोमा खिचेका सर्वोत्कृष्ट पञ्चतत्वको सिम्बोलरुपी फोटोहरु यस क्यालेण्डरमा सग्रहित रहेको छ।

यस क्यालेण्डरको फोटोमा मोडल सृष्टि महर्जनको मोडलिङ रहेको छ। आकाश, अग्नि, बायु, जल र धर्ती डी–क्रियसन स्टुडियोमा नै व्यवस्था गरेर सिम्बोलिक तरीकाले बडा मेहनतले फोटो खिचिएको जानकारी पनि सुवालले दिएका छन्। जुन अत्यन्त मनमोहक र लोभलाग्दो रहेको छ।


प्रकाशन मिति–२०७५ कात्तिक १ गते विहीवार ।