काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली बर्तमान मन्त्रीपरिषद तथा सचिवालय सदस्यहरुवाट संतुष्टि हुन सकेका छैनन्। उनीहरुको कार्यवाट असन्तुष्ट प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्ने गृहकार्यमा लागेका छन्।

प्रधानमन्त्रीका सचिवालय सदस्यहरुलाई मंसीर १ गतेवाट लागू हुने गरेर राजिनामा दिन निर्देशन दिइसकेका छन्। प्रधानमन्त्रीको सचिवालय टीममा प्रमुख सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनम्पर्क सल्लाहकार अच्यूत मैनाली, सूचना प्रविधि सल्लाहकार अस्गर अली रहेका छन् । यस्तै सचिवालयतर्फ प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, स्वकीय सचिव राजेश बज्राचार्य, प्रेस संयोजक चेतन अधिकारी, सूचना प्रेषक रामशरण बजगाई, दीपेन्द्र दाहाल, होम थापालगायत छन्।

प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद् हेरफेर गर्नेबारे आइतबार प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् । मंसीर १४ गतेको उपनिर्वाचन अगाडि नै मन्त्रीपरिषदको पुर्नरगठन हुने प्रधानमन्त्रीको उच्च स्रोतको भनाई रहेको छ।

नेकपा अध्यक्षसमेत रहेका ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्न पार्टीभित्रैबाट पनि दबाब थियो । मन्त्रीहरू फेर्ने कुरामा अर्का अध्यक्ष दाहालको पनि सहमति छ । आइतबारको भेटमा दुई अध्यक्षबीच कुन–कुन मन्त्रीलाई हटाउने र कसलाई ल्याउने भन्नेबारे प्रारम्भिक छलफल भएको स्रोतले भनेको छ।
प्रकाशन मिति–२०७६ साल कात्तिक २५ गते सोमवार ।