Rato Machhindra Nath jatra 1काठमाडौ। बर्षा र सहकालका देउताका रुपमा पूजिदैआएको पाटनको रातो मछिन्द्रनाथको जात्रा मंगलवारवाट शुरु भएको छ। एक महिनासम्म चल्ने रातो मच्छिन्द्रनाथको रथ ललितपुरको पुल्चोकवाट गावहालसम्म तान्ने क्रममा संयोगवश बर्षा पनि भएको थियो।

बर्षा हुनु संयोग भएतापनि धर्ममा आस्था राख्ने प्राय भक्तजनहरुले सहकाल र बर्षाका देउता रातो मछिन्द्रनाथको कृपा भनेर प्रतिक्रिया दिएको पाइएको छ। रातो मच्छिन्द्रनाथको रथ पाटनका प्राय स्थानमा तानेर जाउलाखेल पुर्र्याएपछि त्यहाँ भोटोजात्रा देखाएर संपन्न हुने गर्दछ।

Rato Machhindra Nath jatra 2

काठमाडौ उपत्यकामा चल्ने जात्राहरुमा लामो समय चल्ने जात्रा रातो मच्छिन्द्रनाथको जात्रा नै पहिलो हो। त्यसपछि काठमाडौको सेतो मच्छिन्द्रनाथको जात्रा र भक्तपुरको विस्केट जात्रा मानिएको छ।
प्रकाशन मिति–२०७३ साल बैशाख २८ गते मंगलवार ।