नयाँ दिल्ली । भारतका विवादास्पद तथा शक्तिशाली धर्मगुरु गुरमित रामरहिम सिंहले एक जना पत्रकारको हत्या भएको ठहर भएको छ। आफ्नो यौनहिंसाका बारेमा समाचार लेखिदिएकाले सिंहले सन् २००२ मा स्थानीय पत्रिकामा कार्यरत रामचन्दर छत्रपाटीको हत्या गरेको अदालतले ठहर गरेको हो।

विश्वभर लाखौँ समर्थक रहेका सिंहलाई अदालतले बलात्कार गरेको अभियोगमा यसअघि नै २० बर्षको जेल सजाय सुनाइसकेको छ। अदालतले शुक्रबार गरेको फैसला अनुसार पत्रकारको हत्यामा ५१ बर्षीय सिंहसँगै अरु तीन जना सहयोगी पनि संलग्न रहेको ठहर गरिएको छ।

उनीहरूले सन् २००२ मा स्थानीय पत्रिकामा कार्यरत रामचन्दर छत्रपाटीलाई हत्या गरेको अदालतले ठहर गरेको हो। सिंहले बलात्कार गरेको विषयमा अज्ञात व्यक्तिले लेखेको पत्र स्थानीय पत्रिकामा छापिएपछि छत्रपाटीको आफ्नै घरबाहिर हत्या भएको थियो।

सिंहलाई आजीवन काराबाससम्मको सजाय हुन सक्ने बताइएको छ। यसअघि सन् २०१७ मा भएको बलात्कारसम्वन्धी फैसलापछि उनका समर्थकहरू विरोधमा उत्रिँदा भएका झडपमा परी झन्डै ४० जना घाइते भएका थिए।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल पुस २८ गते शनिवार ।