काठमाडौं। संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपमा जेल परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सोमवार सफाइ दिएको छ।

अदालतबाट सफाइ पाएलगत्तै पूर्वसभामुख महरा डिल्लीबजार चारखाल जेलबाट रिहा भएका छन्। दुई महिनाअघि उच्च अदालत पाटनले पूर्वसभामुख महरालाई जेलमुक्त गर्न अस्वीकार गरेको थियो।काठमाडौं जिल्ला अदालतले महरालाई मुददाको अन्तिम टुंगो नलाग्दासम्म पुर्पक्षका निम्ति जेलमा राख्न दिएको आदेश उच्च अदालतले सदर गरेको थियो।

त्यसपछि महरा कहिलेसम्म जेलमा रहन्छन् भन्ने प्रश्न उठेको थियो। तर, लामो बहसपछि न्यायाधीश अम्बरराज पौडेलको इजालसले सोमबार महरालाई सफाइ दिएको हो। महराले जेलबाट बाहिर निस्केपछि प्रतिक्रिया दिँदै चारखाल जेलमा पारिवारिक वातावरण पाएको र अदालतको फैसलाको सम्मान गरेको बताएका छन्।


प्रकाशन मिति–२०७६ साल फागुन ५ गते सोमवार ।