Binod Khanna 1काठमाडौ। बलिउडका ख्यातिप्राप्त अभिनेता बिनोद खन्नाको ७० वर्षको उमेरमा निधन भएको छ। मुम्बईको सर एच एन रिलायन्स फाउन्डेसन अस्पतालमा त्यहाँको स्थानीय समयअनुसार ११ बजेर २० मिनेटको समयमा अभिनेता खन्नाको निधन भएको हो । केही समय यता खन्ना ज्यादै अस्वस्थ्य बनेर उक्त अस्पतालमा उपचार्थ रहेका थिए। उपचारको क्रममा नै खन्नाको निधन भएको अस्पतालले जनाएको छ।

पेशावरमा जन्मिएका अभिनेता विनोद खन्ना स्वभाविक अभिनयका महसुर कलाकारका रुपमा लिइन्छ। खन्नाले बलिउडमा एक सय ४० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनी राजनीतिमा समेत सक्रिय थिए । सन् १९९७ मा भारतीय जनता पार्टीमा सामेल भएका उनले पञ्जावको गुरुदासपुर सिटबाट चार पटक लोकसभा सदस्यमा चुनाव जितेका थिए ।

Binod Khanna 3

बलिउडका चलचित्र ‘अमर अक्बर एन्थोनी’ र मेरे अपनेलगायत दर्जनौँमा हिन्दी चलचित्रमा अभिनय गरेका अभिनेता खन्नाले सन् १९७० को दशकमा विद्रोही युवाको भूमिकामा प्राय फिल्महरुमा अभिनय गर्न थालेका थिए। उनको त्यो विद्रोही स्वभावको अभिनयलाई दर्शकहरुले अत्यन्त रुचाउने गरेका थिए। उनी क्यान्सर रोगबाट पीडित भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार उनको शरीरमा पानीको कमी हुने समस्या थियो । विनोद खन्नाको तीन छोरा र एक छोरी छन्। उनको छोरा अक्षय खन्ना पनि बलिउडका प्रख्यात कलाकारका रुपमा चिनिन्छ। खन्नाको अभिनयको सुरुवात १९६८ मा चलचित्र ‘मनका मित’बाट भएको थियो।

साथै मेरे अपने, मेरा गांव मेरा देश, इम्हिान, इनकार अमर अक्वर इन्थोनी, लहू के दो रङ्ग, कुर्बानी, दयावान र जुर्मजस्ता चलचित्रमा उनको सशक्त अभिनय रहेको थियो। उनले अन्तिम अभिनय सन् २०१५ मा शाहरुख खानको फिल्म दिलवालेमा गरेका थिए। दिलवाले नै अन्तिम फिल्म बन्न पुगेको छ।

Binod Khanna 2प्रकाशन मिति–२०७४ साल बैशाख १४ गते विहीवार ।