काठमाडौं। बलिउडमा सर्वाधिक कमाई गर्ने महानायक अमिताभ बच्चनले आफ्नो निधन पश्चात दुवै छोरा–छोरीको नाममा सम्पत्ति राख्ने भएका छन्। छोरा र छोरीमा कुनै भेदभाव नगरिकन छोरा–छोरी दुवैलाई सम्पत्ति दिने निर्णय महानायक अमिताभ बच्चनले गरेका हुन्।

भारतीय समाजमा प्रायजसो अवस्थामा पिताको सम्पतिमा छोराको अधिकार हुनेगरेको छ र बाबुको सम्पति छोरालाई हस्तान्तरण गरिन्छ। अमिताभ बच्चन यस कुराको विरोधमा उभिएका छन्। अमिताभ बच्चनले आफ्नो सम्पति आफ्ना एकमात्र छोरा अभिषेक बच्चनले नपाउने घोषणा गरेका छन्।

संमग्र भारतलाई सन्देश दिनका लागि अमिताभ बच्चनले यस्तो गर्न लागेका हुन्। आफूले कमाएको सवै सम्पति आफ्ना छोरा अभिषेकसँगै छोरी स्वेता नन्दालाई पनि दिनेछन्। अमिताभले यस्तो निर्णय गर्दै छोराछोरीलाई बराबरी गर्नुपर्ने संदेश दिन खोजेका छन्। जसको धेरैले अमिताभको यस कदमको स्वागत र प्रशंसा गरेका छन्।

 

प्रकाशन मिति–२०७६ साल भदौं ११ गते बुधवार ।