काठमाडौं। बलिउडकी अति सुन्दरी अनि चर्चित अभिनेत्री शिल्पा सेट्टी यो बर्षवाट ४३ वर्ष पुगेकी छन्। हट अभिनेत्रीका रूपमा चिनिएकी शिल्पा केही वर्षयतादेखि फिल्ममा भने देखिएकी छैनन्।

११ वर्षपहिले चलचित्र ‘अपने’मा देखिएपछि उनी दोस्ताना तथा ओम शान्ति ओममा निकै छोटो भूमिकामा देखा परेपछि एकाएक हराएकी थिइन्। यसो हुनुमा शिल्पा आमा बनेको कारणले हो। बच्चा जन्माएपछि चलचित्रबाट विश्राम लिएकी थिइन्। उमेरले उकालो चढिरहे पनि शिल्पाको सुन्दरता भने कायमै छ। उनले आफ्नो फिगर निकै राम्रोसँग मेन्टेन गरिरहेकी छन्।

अब भने शिल्पा सानो महत्वपूर्ण भूमिकामार्फत बलिउडमा फर्कने तयारी गरिरहेकी छन्। शिल्पाले आफ्नो छोरा साढे ६ वर्षको भैसकेकाले अब चलचित्रका लागि पर्याप्त समय निकाल्न सक्ने बताएकी छन् । उनी कुन चलचित्रबाट कमब्याक गर्दैछिन् भन्ने जानकारीचाहिँ सार्वजनिक भएको छैन्।
प्रकाशन मिति–२०७५ साल असोज १८ गते विहीवार ।