काठमाडौं। बलिउडकी ख्यातिप्राप्त अभिनेत्री काजोल खासै सुन्दरी अभिनेत्री होइनन्। काली बर्णकी यी अभिनेत्री अनुहारको सुन्दरता भन्दा अभिनयको कलाले जमेकी ख्यातिप्राप्त अभिनेत्री हुन्। काजोलले अभिनय गरेका एक से एक फिल्महरु हिट छन्। ती फिल्म मध्ये सर्वाधिक हिट फिल्म कुछ कुछ होता है हो।

यो फिल्म निर्माण भएको पनि २० बर्ष पुगिसकेको छ। यो २० बर्षको अवधिमा यही फिल्ममा काजोलले गरेको अभिनयले पुरानो पुस्ता तथा नयाँ पुस्तामाझ अझैपनि काजोल लोकप्रिय रहेकी छन्।

त्यो कुछ कुछ होता है पश्चात काजोलको धेरै फिल्ममा साहरुख खानसंग जोडी जम्यो। त्यो बेला धेरैले काजोल र साहरुख वीच प्रेम–रोमान्स रहेको गसिप नआएको पनि होइन्। दुवैवीच रिलेसनसीप भएको अफवाह पनि फैलिएकै हो। तर, ती सवै गसिप अनि अफवाहलाई गोली मार्दै काजोलले साहरुखकै समकालिन अभिनेता अजय देवगनसंग प्रेम–रोमान्स तथा विवाह गरेर चमत्कार नै गरेकी हुन्।

यतिखेर यिनै अभिनेत्री काजोल एक छोरा र एक छोरीकासाथमा पूर्ण पारिवारिक सुख–सयलमा रहेकी छन्। काजोलले अजय देवगनसंग विवाहको कुरामा आफूले अजय देवगनसंग विवाह गर्ने निधो गर्दा उनको पिताले हप्तौसम्म नबोलेको भारतीय समाचार माध्यमलाई भनेकी छन्।

काजोलको त्यो बेला विवाह हतारको निर्णय हो–पहिला करियर बनाउनु भन्ने पिताजीको त्यो आग्रह तथा आदेशलाई समेत बेवास्ता गरेर विवाह गरेको गजबको रहस्य खुलासा गरेकी छन्। जे गरे ठीकै गरेको जिकिर काजोलको रहेको छ।


प्रकाशन मिति–२०७५ साल कात्तिक १ गते विहीवार ।