काठमाडौं। बलिउडका ख्यातिप्राप्त अभिनेता शत्रुघन सिन्हाका सुपुत्री नायिका सोनाक्षी सिन्हा एकताका ९० केजी तौलकी पुगिसकेकी थिइन्। सोनाक्षी अभिनित पहिलो फिल्म दबंगमा नायक सलमान खानको नायिका बन्दा नै ९० केजी पुगेकी थिइन्।

यिनै ज्यानदार नायिका सोनाक्षीले चमत्कारिक रुपले ज्यान घटाएकी छन्। त्यो पनि ३० केजी घटाएर यतिखेर ६० केजीकी बनेकी छन्।

सोनाक्षी सिन्हाले आफूलाई स्लिम राख्न कडा मेहनत गरेकी थिइन् । कस्टुम डिजाइनरबाट सोनाक्षीले फिल्मी करिअर थालिएकी हुन्। पहिलो फिल्म दबंग ज्यादै हिट भएपछि सोनाक्षीको फिल्मी भाग्य चम्केको हो। तरपनि, ज्यादा मोटो ज्यानको कारण कठिन भैरहेको सोनाक्षीको फिल्मी करियरलाई अव भने सहज र सरल बनेको छ।
प्रकाशन मिति–२०७६ साल जेठ २० गते सोमवार ।