काठमाडौं। बलिउडका फिल्ममा यतिखेर बोल्ड हिरोइनमा उर्वशी रौटेला देखिएकी छन्। अभिनयवाट भन्दा पनि उर्वशीले गर्ने गरेका अनेक सेक्सी टाइपका फोटोसुट तथा पहिरनका कारण उनी निक्कै चर्चामा आउने गरेकी छन्।

उर्वशी अभिनित पछिल्लो फिल्म ग्रेट ग्रान्ड मस्तीले खासै व्यापार गर्न सकेन। नसकेपछि बलिउडमा टिक्न निश्चय पनि उर्वशीलाई कठिन हुनु स्वभाविक नै हो। यो कठिनतालाई मध्यनजर गरेर सेक्सी पहिरन तथा ग्ल्यामरलाई उर्वशीले प्रयोग गरेको पाइएको छ।

हालैमात्र बलिउडमा आयोजना भएको फिल्मफेयर ग्ल्यामर एण्ड स्टाइलिस अवार्डमा पनि उनको प्रस्तुति भन्दाको उनको बोल्ड पहिरनकै व्यापक चर्चा तथा परिचर्चा भयो। उर्वशीले माथिल्ले भागमा अत्यन्त खुलेको पहिरन लगाएकी थिइन्। त्यो पहिरनमा उनले विभिन्न पोजमा तस्बीर खिचाएकी थिइन्। जुन बलिउडमा यतिखेर व्यापक चर्चाको विषय बनिरहेको छ।
प्रकाशन मिति–२०७५ साल फागुन ९ गते विहीवार ।