pakistani-acotr-actress-in-bollywood

काठमाडौ। बलिउडमा कार्यरत पाकिस्तानी कलाकारहरुलाई ४८ घण्टाभित्र भारत छाड्न धम्की दिइएको छ। भारतीय समाचार माध्यमका अनुसार भारतको राज ठाकरे नेतृत्वको महाराष्ट्र नव–निर्माण सेना एमएनएसले भारतमा रहेका पाकिस्तानी कलाकारहरुलाई उक्त धम्की दिइएको हो।

भारत र पाकिस्तान वीच पछिल्लो समय बढेको तनावको विषयलाई निहुँ बनाएर त्यस सेनाले त्यसप्रकारको धम्की दिइएको बताइएको छ। भारतमा फवाद खान, अली जाफर, महिरा खान लगायतका पाकिस्तानी कलाकार कृयाशील छन्।

एमएनएसका अनुसार ४८ घण्टाभित्र पाकिस्तानी कलाकारले भारत नछाडे उनीहरुमात्र नभई ती कलाकारलाई काम दिने निर्माता–निर्देशकलाई समेत निशाना बनाइने भएको छ। सो दलले महाराष्ट्रमा कार्यरत उत्तर भारतीयमाथि समेत बेलाबखत आक्रमण गर्दै आएको छ।
प्रकाशन मिति–२०७३ साल असोज ८ गते शनिवार ।